कोशी ब्यारेजका ४६ वटा ढोका खोलियो, नदीबाट तीव्र कटान


सप्तरी,  १९  साउन  :  सप्तकोशी ब्यारेज हुदैँ  २ लाख  ४३ हजार  १ सय  ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ ।  पूर्वी पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रित भएको छ ।

 

सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार कोसी नदी उदयपुरको बेलका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाव भने अझै कम भएको छैन । उनका अनुसार अविरल तथा तीव्र बहावका कारण कोसीले उदयपुरमा २ हजार ५ सयभन्दा  विस्थापित भएको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । (अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?