क्रोधित चीनले पेलोसी र उनको परिवारमाथि चीन यात्रामाथि रोक लगायो


ताइवान,  २१  साउन  (असनबजार पत्रिका)  :  क्रोधित चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीलगायत उनका परिवारमाथि चीन भ्रमणमा रोक लगाएको छ । पेलोसीको ताइवानको यात्राबाट क्रुद्ध चिनियाँ विदेश मन्त्रालयले शनिबार पेलोसी र उनको परिवारमाथि चीनको यात्रा गर्न प्रतिवन्धको घोषणा गरे पनि प्रतिबन्धको स्वरूपबारे स्पष्ट पारेको छैन ।

उता वाशिंगटनमा अमेरिका लागि चिनियाँ राजदूतलाई बोलाएर अमेरिकाले ताइवान स्ट्रेटमा चीन गरिरहेको युद्धाभ्यासको नाममा भएको अन्तर्राष्ट्रिय मर्यादाको उल्लंघनबारे निन्दा एवं विरोध गरेको छ । उसले चिनियाँ युद्धाभ्यासलाई क्षेत्रीय अखण्डता र शान्तिविपरीत केन्द्रित रहेको बताएको छ। अमेरिकाले चिनियाँ सेनाको ताइवानमाथि शंकास्पद आक्रमणलाई ध्यानमा राख्दै आफ्नो सेभेन फ्लिट (विश्वकै शक्तिशाली युद्धपोत) ताइवान स्ट्रेटमा तैनाथ गरेको छ । त्यस्तै दुई वटा चिनियाँ ड्रोन जापानी आकाशमा घुसपैठ गरेको जापानको रक्षा विभागले जनाएको छ ।

यसैबीच, रक्षा मन्त्रालयले शनिबार ताइवान स्ट्रेट वरपर धेरै चिनियाँ विमानहरू र जहाजहरू फेला परेका छन्, यसको मुख्य टापुमा आक्रमणको अनुकरण गर्दै ती मध्ये केही मध्य रेखा पार गरेको जनाएको छ।
ताइवानले चिनियाँ युद्धाभ्यासको सशस्त्र सेना, क्याप विमान, नौसेना जहाज र क्षेप्यास्त्र प्रणालीको हवाई गस्तीका साथ निगरानी गरिरहेको राष्ट्रिय रक्षा मन्त्रालयले ट्वीट गरेको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणसँगै ट्वान स्ट्रेटमा तनाव बढ्दै गएपछि चीनले आफ्नो सैन्य गतिविधि बढाइरहेको छ। ताइवानका प्रधानमन्त्री सु त्सेङ–चाङले चीनले ठूलो सैन्य अभ्यासको शृंखलाले ताइवानलाई घेरेपछि “दुष्ट छिमेकी” भनेर प्रतिक्रिया दिएको छ । (एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?