चीनको युद्धाभ्यास लम्बिँदै, ताइवान भन्छ : “जुनसुकै बेला हमला गर्न सक्छ”


काठमाडौं,  २३  साउन  (असनबजार पत्रिका)  :  चीनको जारी युद्धाभ्यास लम्बिने भएका छ । चीनले अब एलो सीमा आगामी अगस्ट १५ तारिखसम्म लम्बिने जनाएको छ । ताइवान स्टे«टमा अगस्ट ७ तारिखसम्म गरिने भनेको युद्धाभ्यास सोमबार पनि जारी रहेको छ । चीनको युद्धाभ्यास जारी राख्ने निर्णयलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले शंकाको दृष्टिले हेरेका छन् ।

चीनले ताइवानस्टे«टमा अगस्ट ७ सम्म गर्ने भनकोे युद्धाभ्यास सोही दिनमा समाप्त गर्ने हो कि होइन भन्ने स्पष्ट पारेको छैन ।
यसैबीच ताइवानको रक्षा मन्त्रालयलले चीनले युद्धाभ्यासको नाममा आक्रमण गर्ने तयारी गरिरहेको जनाएको छ । मन्त्रालयले चीनले जुनसुकै बेला हमला हुन सक्ने आशंका व्यक्त गरेको छ ।

चीनको युद्धाभ्यासका कारण अहिले ताइवानले नाकाबन्दीको सामना गर्नु परिरहेको छ ।

चीनको युद्धाभ्यासको रणनीतिलाई ध्यानमा राखेर ताइवानले आफ्नो रक्षात्मक र आक्रामक अवस्थालाई अद्यावधिक राखेको छ । ताइवान चीनदेखि कहिले नडाउने र जुनसुकै परिस्थितिको सामना गर्न तयार रहेको ताइवानी अधिकारीहरूले जनाएका छन् ।

यसैगरी, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सभामुख न्यान्सी पेलोसीको ताइवान यात्रामाथि टिप्पणी गर्दै भनेको छ, पेलोसीको यात्राले चीनले ताइवानमाथि आक्रमण गर्न बहाना खोज्दै थिया,े पेलोसीले मौका दियो ।

चीनले युद्धाभ्यासको समय लम्ब्याउँदै दुनियाँलाई आफ्नो सैनिक शक्तिको प्रदर्शन र ताइवान र अमेरिकामाथि दबाब सिर्जना गर्न चाहने रक्षा विशेषज्ञहरूको भनाइ रहेको छ । तर हालै अमेरिका, अस्टे«लिया र जापानका विदेशमन्त्रीहरूले युद्धाभ्यासलाई तत्काल रोक्न कम्बोडियामा अपिल गरेको थियो । (एजेन्सी)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?