थप १ हजार ९० जनामा कोरोना, २ जनाको मृत्यु


काठमाडौं,  २४ साउन  :  देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ९ सय ५८ जनाको पीसीआर र ३ हजार ३ सय ४२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार ४ सय ३८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ८ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?