चोलेन्द्रविरुद्ध सर्वोच्च बारले बुझायो दसीप्रमाण


काठमाडौं,  १३  भदौ  (असनबजार पत्रिका)  : नेपाल बार एससिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले महभियोग प्रस्ताव दर्ता भएका कारण निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको आरोपलाई बल पु¥याउने प्रमाणहरू महाभियोग सिफारिश समितिमा बुझाएका छन्।

 

सिंहदरबारस्थित संसद सचिवालयमा आइतबार दिउँसो पुगेर नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य नेतृत्वको टोलीले जबराविरुद्ध लगाइएको महाभियोग सिफारिश समितिले प्रमाण पेश गर्न दिएको समयभित्रै प्रमाणहरू पेश गरेका हुन्।

 

महाभियोग सिफारिश समितिले गएको भदौ  १० गते शुक्रबार ३ दिनभित्र त्यसका प्रमाण पेश गर्न नेपाल बार र सर्वोच्च बारलाई पत्राचार गरेको थियो। महाभियोग सिफारिश समितिले निलम्बित प्रधानन्यायाधीश जबरामाथि यही भदौ १५ गते बयान लिँदैछ। उनीविरुद्ध गत फागुन १ गते सत्तारुढ दलका सांसदले संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

 

यसैबीच सिफारिस समितिले जबराविरुद्ध प्रश्नहरू सोध्न सजिलो होस् भन्नका लागि महाभियोग प्रस्तावमा लगाइएका दोषका आधारमा प्रश्नावली तयार पार्ने काम भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?