नेपाल भारतमा बिजुली निर्यात गर्ने नेट एक्सपोर्टर देश बन्दै


काठमाडौं,  १३  भदौ (असनबजार पत्रिका)  :  नेपाल भारतमा बिजुली निर्यात गर्ने नेट एक्सपोर्टर देश बन्दैछ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चालु आर्थिक वर्ष २०७९र०८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका हुन् ।

घिसिङले पछिल्लो ८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको र निर्यातको क्रम कात्तिकसम्म नै जारी रहने बताए । उहाँले हुने बताउनुभयो । उनले अहिले रातिको समयमा केही घन्टा प्रतियुनिट १२ भारतीय रुपैयाँ र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको जानकारी दिँदै चालु आर्थिक वर्षकै आगामी जेठ–असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात गरिने बताए ।

कार्यकारी निर्देशक घिसिङले भविष्यमा नेपालको विद्युत जनतालाई निःशुल्क दिन सकिने बताउनुभयो । घिसिङले गुणस्तर र विश्वसनियता बढायो भने विद्युत खपत बढ्ने भन्दै सरकारले अहिले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

 

उनले पछिल्लो समय कुनैपनि क्षेत्रले मूल्य नघटाएको अवस्थामा पनि विद्युत प्राधिकरणले मूल्य घटाएको दाबी गरे । गत आर्थिक वर्षमा विद्युत महशुल नबढाए पनि प्राधिकरणले १६ अर्ब रुपैयाँ नाफा गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?