प्रचण्डको अर्को गठबन्धन गर्ने चेतावनीपछि कांग्रेसभित्र तंरग


काठमाडौं,  १३  भदौ  (असनबजार पत्रिका) :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसमाथि घुर्की र धम्की दिन थालेका छन् ।

कांग्रेसभित्र आगामी चुनावलाई लिएर सिट बाँडफाँटमा १०० सिटे अडान आउन थालेपछि प्रचण्डले कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्ने खुलेआम चेतावनी दिएका हुन् । प्रचण्डको चेतावनीपछि कांग्रेसजनमा तरंग उत्पन्न भएको छ ।

 

ललितपुरको सानेपामा आइतबार आयोजित माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा उनले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहने र कांग्रेसभित्र उत्पन्न विग्रह र विभिन्न विचार आइरहेकाले त्यस्तो परिस्थितिमा के गर्ने भन्ने विकल्पबारे सोच्नुपर्ने बताए ।

 

प्रचण्डले अहिलेको संसदीय प्रणालीबाट मुलुकको रुपान्तरण हुन नसक्ने बताउँदै प्रतिनिधिसभाको चुनाव सकिएपछि नयाँ राजनीतिक प्रणालीअन्तर्गत कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने आफ्नो थेसिस पनि उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?