चुनावका लागि १० हजार ८ सय ८८ मतदान स्थल कायम


काठमाडौँ,  २१  भदौ  (असनबजार पत्रिका)  :  निर्वाचन आयोगले आगामी चुनावका लागि १० हजार ८ सय ८८ मतदान स्थल कायम गरेको छ ।
गत स्थानीय चुनावमा १० हजार ७ सय ५६ मतदान स्थल रहेकोमा पुनरावलोकनपछि नयाँ १ सय ३२ मतदान स्थल थपिएको छ।

 

स्थानीय निर्वाचनका बेला निर्धारण भएका ४ सय १ मतदान स्थललाई हटाहटाइएको छ । पहिले खुला चउर, मन्दिर तथा व्यक्तिगत जग्गामा निर्धारण गरिएका त्यस्ता मतदान स्थललाई पनि हटाएर नयाँ कायम गरिएको आयोगले जनाएको छ ।

 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाताको अन्तिम नामावली टुङ्गो नलागेसम्म मतदान केन्द्रको सङ्ख्या यकिन नहुने बताए । मतदाताको अन्तिम नामावली भदौ ३१ गते प्रकाशन हुनेछ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधिले एक हजार मतदातामा एउटा मतदान केन्द्र निर्धारण गर्ने व्यवस्था गरेको छ तर मतदाता सङ्ख्या कम रहे पनि एउटा वडामा कम्तीमा एउटा मतदान स्थल हुनैपर्ने व्यवस्था छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?