राष्ट्र बैंकद्वारा असर्फी र चाँदीका सिक्काको बिक्री आरम्भ


काठमाडौं,   ३  कात्तिक  (अबप)  :  नेपाल राष्ट्र बैङ्कले तिहारको धनतेरसका लागि बिहीबारदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गरेको छ। राजधानीको बबरमहलस्थित टक्सार विभागबाट असर्फी र चाँदीका सिक्काहरू सर्वसाधारणका लागि विक्रीवितरण गरेको हो । नेपाली संस्कृति प्रचलनअनुसार नतेरस र लक्ष्मीपूजाका दिन ती असर्फी र चाँदीका सिक्काहरूलाई धनधान्यकी देवी माता लक्ष्मीको प्रतीकका रूपमा पूजाअर्चना गर्ने गरिन्छ ।

यसरी तिहारका लागि किनिएका असर्फी र चाँदीका सिक्काहरू पुस्तौसम्म संकलन गरेर राख्ने गरिन्छ। आखिरमा त्यो पुख्र्यौली चल सम्पित्तका रूपमा गणना गरिन्छ । उक्त असर्फी र चाँदीका सिक्का खरीद गर्न सर्वसाधारणको लाम लागेको छ। राष्ट्रबैङ्कले आउँदो  शनिबार अर्थात् कात्तिक ५ गते मनाइने धनतेरसलाई लक्षित गरी सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?