निलम्बित प्रन्या चोलेन्द्र कडारूपमा प्रस्तुत हुँदा सांसदहरूलाई लाग्यो “जबरा सीमाभन्दा बाहिर गए”


काठमाडौं,  १५  भदौ  (असनबजार पत्रिका)  :  सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध प्रतिनिधिसभा महाभियोग सिफारिस समितिमा नेपाली कांग्रेसका तर्फबाट सदस्य रहेका मीन विश्वकर्माले बुधबार जबराले समितिसमक्ष दिएको बयान सीमाभन्दा बाहिर गएको प्रतिक्रिया दिएका छन् ।

सांसद विश्वकर्माले प्रधानन्यायाधीश जबराले राजनीतिक रुपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा मैले एकमतले निर्णय गर्न सकिनँ र त्यसमा स्वाविवेकीय अधिकार हुन्छ भन्ने  प्रतिप्रश्नमा संविधानको धारा १३६ ले न्यायपालिकामा भएका सबै निर्णयहरुको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ, तपाइँ लिनुहुन्छ कि लिनुहुन्न भन्ने प्रश्न राखेको सञ्चारकर्मीहरूलाई बताए । जवाफमा प्रधानन्यायाधीश जबराले न्यायालयका निर्णयका अधिकार आफूले लिइरहेको र बोल्ने क्रममा भन्नका लागि मात्रै भनेको भन्ने अभिव्यक्ति दिएको बताउँदै उनले भने, ‘अभियोगको सवालमा उहाँले यो अभियोग किन ढिलो भयो भनेर जिज्ञासा राख्नुभयो । उहाँले महाभियोग प्रस्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई हामीले सामान्य रुपमा लिएका छौँ । महाभियोग नै लाग्नु हुँदैन भन्ने उहाँको प्रतिरक्षा होला ।

 

विश्वकर्माले जबराले प्रतिरक्षा गर्ने क्रममा व्यक्त सबै भनाइलाई छानबिन गर्न बाँकी रहेको तर जबराले बुधबार आफ्नो प्रतिरक्षाका लागि केही कुराहरु सीमाभन्दा बाहिर गएर बोल्नुभयो । न्यायालयभित्रका सबै निर्णय आफूले लिनुपर्ने ठाउँमा अरुको टाउकोमा सबै दोष थुपार्नु नै सीमा बाहिर गएर बोलेको हो भन्ने प्रतिक्रिया पनि दिए ।

कांग्रेसका सचेतक विश्वकर्माले महाभियोगबारे पूर्वनिर्धारित कार्यतालिका परिवर्तन हुनसक्ने बताउँदै संसद, आगामी निर्वाचनलाई मिलाउँदै जाँदा कार्यतालिका फेरबदल हुनसक्ने तर तोकिएको ३ महिनाको समयसीमा भित्रै महाभियोगको छिनोफानो हुने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?